पोखरा । ग्रामीण भेगमा बसोबास गर्ने नेपालीहरुमा स्वास्थ्य सम्बन्धी काम गर्न र आवश्यकीय स्वास्थ्य जानकारी दिन मणिपालमा अध्ययनरत विद्यार्थीले डाक्टर्स गाउँले कार्यक्रम सञ्चालनमा ल्याएका छन् ।
मणिपाल शिक्षण अस्पतालमा अध्ययनरत २०१६ को ब्याचका विद्यार्थीद्वारा २०७५ सालमा संस्था स्थापना गरिएको संस्थाले हृदयघात, मधुमेह, कोरोना, डेंगु, दाँत रोग लगायतका विभिन्न रोगको बारेमा आवश्यक सेवा दिइसकेको छ । संस्थाका प्रचारप्रसार संयोजक राहुल गोइतका अनुसार आगामी दिनमा महिला र वृद्धवृद्धालाई लक्षित गरेर स्वास्थ्य सेवा र जानकारी उपलव्ध गराइने छ । रोट्याक्ट क्लबसंग मिलेर स्तनपानको महत्वबारे पनि सचेतना कार्यक्रम गरिसकेको समेत उनले बताएका छन् । आफूहरुको संस्था ‘डाक्टर गाउँले’ र यसबाट सञ्चालन भएका कार्यक्रमबाट धेरै लाभान्वित भएको र धेरै ठाउँबाट प्रशंसा पाएको गोइतले बताए ।
स्वास्थ्य सम्बन्धी जानकारी सबैका लागि भन्ने मूल उद्देश्यका साथ सञ्चालन भएको संस्थाले विभिन्न रचनात्मक कार्य गरेको छ । संस्थामा हाल २५ जना सदस्य रहेको प्रचार प्रसार संयोजक गोइतले जानकारी दिएका छन् ।
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो भएको भन्दै गाइतले आफूहरुको सेवा गाउँ गाउँका नागरिकका लागि हुने स्पष्ट पारे ।प्रचार संयोजक गोइतले भने, ‘संस्था मार्फतस्वास्थ्य जानकारीबाट बञ्चित भएका जनतालाई स्वास्थ्यबारे जनचेतना जगाउन देशका कुना–कुनामा पुग्ने संस्थाका सदस्य विनोद अधिकारीले जानकारी दिए ।
डक्टर गाउँलेले अफिसियल युट्युब च्यानलमार्फत् विभिन्न १६ वटा स्वास्थ्य समबन्धी जानकारी समेत गराएको र आगामी दिनमा थप सक्रियतापूर्वक अघि बढ्ने उनले बताए । उनले सञ्चारको क्षेत्र निकै फराकिलो भएको तर यस्तो विकास स्वास्थ्य क्षेत्रमा नभएको भन्दै उनले सञ्चारकै माध्यमबाट कुना–कुनामा रहेका नागरिकलाई स्वास्थ्य सम्बन्धी जानकारी दिंदै जाने जानकारी दिए ।