जापानमा नेपाल लगायत अन्य केही मुलुकका नागरिक प्रवेशमा रोक

काठमाडौं । जापानले केही समयका लागि भन्दै नेपाली सहित विभिन्न देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) भेटिएपछि सोमबारबाट लागु हुने गरेर जापानले नेपाल सहित अन्य विदेशी मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको हो ।

जनवरीको अन्तिमसम्म यो प्रतिबन्ध अधिकाशं विश्वका मुलुकहरुमा लागु हुने त्यहाँको विदेश मन्त्रालयले जानकारी दिएको छ ।

जापानी नागरिक तथा त्यहाँ बसोबास गर्ने विदेशीहरुले भने १४ दिन सेल्फ क्वारेन्टिनमा बस्ने नियम पालना गर्ने सर्त सहित जापान प्रवेश गर्न पाउने त्यहाँका सञ्चारमाध्यमले बताएका छन् ।

जापानको राजधानी टोकियोमा बेलायतबाट फर्किएका २ तथा जना यात्रुमा हिजो शनिबार तथा शुक्रबार सोही देशबाट जापान पुगेको ५ जना यात्रुमा कोरोना भाइरसको नयाँ रुप भेरियन्ट संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरसको नयाँ रुप भनिने कभेरियन्ट सबैभन्दा पहिले बेलायतमा देखिएको थियो । त्यहा भेरियन्ट देखिएसंगै विश्वका ४० वटाभन्दा डबी देशहरुले बेलायतमाथि प्रतिबन्ध लगाएका छन् ।

कमेन्टहरु
Loading...