पोखरा । जनता समाजवादी पार्टीले आज पनि पोखरामा संसद विघटनका विरुद्धमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा आज पार्टीले कार्टुन बनाएर सरकार तथा प्रधानमन्त्री विरुद्ध व्यंग्यात्मक रुपमा प्रदर्शन गरेको हो । विरोध प्रदर्शनका क्रममा पार्टीले सरकार विरुद्ध नाराबाजी गरेका थिए ।
