पोखरामा थप ३४ लाई कोरोना

पोखरा । पोखरामा थप ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक जानकारी अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४२ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

५ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २८ वर्षीय १ जना महिला तथा ५० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा ६ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३५ र ७१ वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ८ मा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २२ र ३१ वर्षीय २ जना महिला सहित २७, ३२, ३४ र ७२ वर्षीय ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ९ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २९ वर्षीय १ जना महिला तथा ६२ वर्षीय १ जना पुरुष रहेका छन् ।

१० नम्बर वडामा ३० वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा ११ मा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३ जना महिला तथा ३ जना पुरुष रहेका छन् । सो वडामा २२, २६ र ४९ वर्षीय ३ जना महिला तथा ३६, ३७ र ४७ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १५ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १६ वर्षीय १ जना किशोरी सहित ४९ र ६३ वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १७ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १८ वर्षीय १ जना किशोरी तथा २३ र २४ वर्षीय २ जना महिला रहेका छन् ।

१९ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २७ र ६४ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा २५ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४५ र ५६ वर्षीय २ जना महिला सहित ४३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर २६ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका कोरोना भाइरस संक्रमितहरु २९ र ३६ वर्षीय २ जना महिला रहेका छन् ।

त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ३३ का ३९ वर्षीय १ जना पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस अगडि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार पोखरामा ३२ तथा मादी गाउँपालिकामा १ सहित कास्कीमा ३३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म मादी गाउँपालिकामा १ तथा पोखरामा ६६ सहित कास्कीमा ६७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला स्याङ्जामा ९, बाग्लुङमा ४ जना तथा लमजुङमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार ३ सय ५७ पुगेको छ ।

कमेन्टहरु
Loading...