पोखरा । कास्कीमा थप १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक विवरण अनुसार लाइफ केयर डाग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीको पोखरा तथा मादी गाउँपालिकाका सहित थप १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
जिल्लाको मादी गाउँपालिकामा १ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर १२ का २५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ३ की ३५ वर्षीय १ जना महिला तथा ४ का ४६ वर्षीय १ जना पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
६ नम्बर वडाका २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडामा २६ र ८८ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ८ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १६ वर्षीय १ जना किशोरी तथा ६८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ९ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३१ र २६ वर्षीय २ जना महिला तथा ३३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १० मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २ जना महिला तथा १ जना पुरुष रहेका छन् । सो वडामा ५१ र ७५ वर्षीय २ जना महिला सहित १६ वर्षीय १ जना किशोरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पोखरा ११ का ३८ वर्षीय १ जना पुरुष, १६ की ७३ वर्षीय १ जना महिला, २६ का ६३ वर्षीय १ जना पुरुष तथा ३० का ४५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले केही समय अगाडि उपलब्ध गराएको तथ्यांक अनुसार पोखरामा १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा ३२ तथा मादी गाउँपालिकामा १ सहित कास्कीमा ३३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै गण्डकी प्रदेशका अन्य जिल्लाहरु पर्वतमा १ जना, तनहुँमा १ जना तथा स्याङ्जामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार ३ सय ९ पुगेको छ ।