नेकपाको भद्रगोलबीच आज चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि नेपाल आउँदै

गन्थन डेस्क

उत्तरी छिमेकी देश चीनबाट उच्च अधिकारीहरुको टोली नेपाल भ्रमणमा आउने भएको छ।

स्रोतका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वमा एक टोली आज काठमाडौं आउन लागेको हो।

नेपालमा सत्तारुढ दल नेकपा अनौपचारिक विभाजन भएका बेला चीनका उच्च अधिकारी काठमाडौं आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

उनीहरुले नेकपाका नेता तथा सरकारी अधिकारीहरुलाई भेट्ने बताइएको छ।

कमेन्टहरु
Loading...