जव ट्राफिकको सेट खस्यो…

पोखरा । पोखराको सभागृह चोकदेखी पृथ्वीचोकमा जनता समाजवादीले गरेको मसाल जुलुसलाई प्रहरी हस्तक्षेप गर्दै थियो । साँझ करिब ६:१० तिरको समयमा ।

जनता समाजवादीको जुलुसलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले हातमा लिइराखेको सेट भुइमा खस्यो । सेट भुइमा खसेको समयमा नै नजिकै पुगेको ग २ प २१९५ प्राइभेट कारले सेट  किचेको  भन्दै ट्राफिक प्रहरीले उक्त गाडीलाई नियन्त्रणमा लिएको छ ।

गन्थन डटकमले आन्दोलनको उक्त समयमा गरिरहेको भिडियो लाइभमा उक्त गाडीले किचेको देखिदैन । यद्यपी ट्राफिक प्रहरीले भने गाडीले किचेर सेट फुटेको भन्दै नियन्त्रणमा लिइ जिल्ला ट्राफिक कार्यलय पुर्याएको छ ।

जिल्ला ट्राफिक कार्यलय प्रमुख सन्तोष रोकाले खसेको सेट गाडीले किचेकाले गाडीलाई आज नियन्त्रणमा राखिने बताउनुभयो ।

कमेन्टहरु
Loading...