पोखरा । नेपालमा थप ५ सय जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप ५ सय जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना रिर्पोट पोजेटिभ आएकामध्ये २ सय १३ जना महिला तथा २ सय ८७ जना पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ ।
हाल नेपालमा ६ हजार ७ सय ४९ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ५ हजार ४ सय ३४ जनाको पिसिआर परीक्षण गरिएको थियो । यस्तै नेपालमा यो अवधिमा थप ८ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ४९ हजार १ सय ३२ पुगेको छ ।
यो अवधिमा नेपालमा थप ३ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ८ सय १९ पुगेको छ ।
हाल नेपालमा ३ हजार ३ सय ४९ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । त्यस्तै २ सय २८ जना संक्रमितको आइसियु तथा ५० जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
काठमाडौं मात्र नेपालमा ५ सयभन्दा बढी उपचारार्थ संक्रमितहरु भएको जिल्ला हो । त्यस्तै नेपालमा मुगु तथा रुकुम पश्चिम जिल्ला सक्रिय संक्रमितको संख्या सुन्य भएको जिल्ला रहेका छन् ।