नेपालमा थप ६०८ जनामा कोरोना संक्रमण, ८ जनाको निधन

गन्थन डेस्क । नेपालमा थप ६ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै कुल संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ । गत २४ घण्टामा ४ हजार १४२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३९२ पुगेको छ।

शुक्रबार थप ८ जना कोरोनाका कारण ज्यान गएको छ । योसँगै कोरोना संक्रमित ज्यान गुमाउनेको संख्या १ हजार ८ सय १६ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३६९ सय जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा ८९२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको मन्त्रालयले जनाएको छ।

कमेन्टहरु
Loading...