काठमाडौं । नेकपाको विवाद पार्टीको भातृ संगठनमा पनि देखिन थालेको छ । शुक्रबार अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको समूहले संयोजक ऐन महरलाई जिम्मेवारीबाट हटाएको घोषणा गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै संगठनको बहुमतको निर्णयले महरलाई कारबाही गरेको तामाङले जनाएको छ ।
संगठनको नीति, निर्णय र विधान विपरीतका गतिविधि निरन्तर जारी राखेकाले उनलाई कारवाही भएको संगठनले जनाएको छ । अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णयअनुसार उनलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।
महरलाई गरिएको कारबाहीलाई अनुमोदन गर्नका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी समक्ष सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ । सरकारले संसद विघटनको कदम चालेपछि नेकपा अहिले विभाजित छ । प्रचण्ड( माधव समूह र ओली समूहले बेग्लाबेग्लै केन्द्रीय कमिटी बैठक गरेका छन् । अनेरास्वयियूका सहसंयोजक तामाङ प्रचण्ड( माधव समूहतिर छन् भने संयोजक महर केपी ओली समूहतिर छन् ।