प्रचण्ड–नेपाल समुह बाटो बिराएर सडकमा भड्किरहेका छन्ः पहारी

पोखरा । गण्डकी प्रदेश सरकारका सांसद तथा साविक युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारीले अहिले प्रचण्ड तथा नेपाल समुह बाटो बिराएर सडकमा भड्किरहेको भन्दै व्यंग्य गरेका छन् ।

पोखरामा भएको प्रधानमन्त्री केपी शर्मा ओली समर्थित भेलालाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समुहलाई बाटो बिराएर सडकमा भड्किरहेको भन्दै व्यंग्य गरेका हुन् । ‘हिजो ३० वर्षसम्म पार्टीमा अध्यक्ष भएर बसेकाहरु सडकमा भड्किरहेका छन् । उनीहरुले बाटो बिराए ।’ उनले भने ।

उनले आगामी निर्वाचनमा बहुमत ल्याउनका लागि जिल्ला–जिल्लामा भेलाको आयोजना गर्न उनले सम्पूर्ण युवालाई हाग्रह गरेका थिए । वर्तमान ओली सरकारले विकास निमार्णका कामहरु तीव्र गतिमा गरिरहेको उनको दावी थियो ।

समाजवादको आधार् स्तम्भ तयार गर्ने काम हुँदा समेत वर्तमान सरकारलाई अन्य नेताहरुले काम गर्न नदिएको उनले बताएका छन् । ‘इतिहासमा पहिलो पटक कालापानी, लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरियो ।’ उनले भने, ‘वर्तमान सरकारले गरेको यो त ऐतिहासिक कार्य हो ।’ पार्टीभित्रबाट नै काम गर्न नदिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक तथा विकास निर्माणका कायहरु अगाडि बढाएको उनले दावी गरेका छन् ।

आफ्नो चाहना पुरा नभएको भन्दै पार्टी तथा देशलाई नै कब्जा गर्न खाजिएको समेत उनले आरोप लगाएका छन् । ‘आफ्नो चाहना पुरा गर्न पार्टी विभाजन गर्न पाइन्छ ?’ उनले प्रश्न गर्दै भने, ‘यो त आम नेपाली नागरिर तथा उनीहरुको भोटलाई धोका दिएको भयो ।’

कमेन्टहरु
Loading...