प्रचण्डको आरोप ओली तानाशाहीको नांगो रुप

गन्थन डेस्क । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली तानाशाहीको नांगो रुप भएको आरोप लगाएका छन् । पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘ बडो निर्मता तरिकाले लोकतन्त्रको हत्या गर्ने प्रयास गरियो तानाशाहीको नांगो रुप हो ।’

प्रचण्डले आफूहरु अदालतप्रति भरोसा गरेको बताएका छन् । उनले आफ्नो पार्टी सडकमा आएर संयुक्त संघर्ष गर्न तयारीमा रहेको जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...