आम चुनाव सहित प्रदेशका सबै चुनाव गरेर नयाँ फेस ल्याउन हामी तयार छौंः नेता अधिकारी

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समुहका नेता खगराज अधिकारीले प्रचण्ड नेपाल समुहले विदेशी शक्तिको आडमा आन्दोलन सुरु गरेको आरोप लगाएका छन् । पोखरामा ओली समर्थित युवा भेलालाई सम्बोधन गर्दै उनले विदेशी शक्तिको आडमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध आन्दोलन भइरहेको बताएका हुन् । नेपालबाट भारतीय लगाएत विदेशी शक्तिलाई हटाउने छौं ।’ उनले भने । भत्किएको संसदलाई फेरी ब्युझ्याउने प्रयास सफल हुने नसक्ने उनको भनाई थियो ।

आफूहरु जननेता मदन भण्डारीद्वारा प्रशिक्षत भएको उनको भनाई थियो । ‘परिवारका नाममा पार्टी फुटाउने चाहने ठूलै नेता हुन् । तर उनीहरुको भविष्य छैन । भविष्य विचार र सिद्धान्तमा हुन्छ ।’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर मुलुकमा अस्थिरता निम्त्याउन खोजेको उनको आरोप थियो । ‘अविश्वासको प्रस्ताव दर्ता गर्नेले बुझ्नुपर्छ, यस्तै अस्थिरता निम्त्याउन खोज्ने हो भने, आम चुनाव सहित प्रदेशका सबै चुनावहरु गरेर एकैचोटी नयाँ फेस ल्याउन हामी तयार छौं ।’ उनले भने ।

मुलुकमा प्रधानमन्त्री ओलीले घोषणा गरेको मितिमा नै मध्यावधि चुनाव हुने र कसैले पनि चुनावलाई राक्न नसक्ने भन्दै नेता अधिकारीले युवाहरुलाई चुनावको तयारीका लागि जुट्न आह्वान गरेका छन् ।

कमेन्टहरु
Loading...