पोखरामा थप १२ जनामा संक्रमण पुष्टि

पोखरा । पोखरामा थप १२ सहित गण्डकी प्रदेशमा १३ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै तनहुँ जिल्लामा थप १ जनामा कोरोना पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार २ सय ५५ पुगेको छ ।

कमेन्टहरु
Loading...