नेकपा विवाद प्रदेशसम्म पुग्योः बाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । संसद विघटन तथा नेकपा विभाजनको असर प्रदेशमा समेत देखा पर्न थालेको छ । यसैबीच बाग्मती प्रदेशका मुख्मन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । साथै प्रदेशमा ३ जना मन्त्रीहरुले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री पौडेलविरुद्ध नेकपा प्रदेश संसदीय दलका उपनेता तथा आन्तरिक मानिलामन्त्री शालिकराम जमरकट्टेलको अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता भएको स्रोतले जानकारी दिएको छ ।

मुख्यमन्त्री पौडेलविरुद्ध आज बिहान ११ बेर २५ मिनेट जाँदा अविश्वासको प्रस्ताव दर्ता भएको हो । उनीविरुद्धको अविश्वासको प्रस्तावमा बाग्मती प्रदेशका ४६ जना सांसदले हस्ताक्षर गरेको समेत बताइएको छ ।

अविशवासको प्रस्ताव दर्ता भएसंगै जमरकट्टेल सहित मन्त्री उद्योगमन्त्री अरुण नेपाल तथा सामाजिक विकासमन्त्री युवराज दुलालले संयुक्त रुपमा राजीनामा दिएका छन् ।

कमेन्टहरु
Loading...