नेकपाको प्रचण्ड–नेपाल समुहको आन्दोलनः सडकमा उत्रिएर ‘हामी यहाँ छौं’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले आजबाट माइतीघर मण्डलादेखि आन्दोलन सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समुह आजबाट आन्दोलन सुरु गरेको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल तथा पुष्पकमल दाहाल प्रचण्ड सहित, नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु आन्दोलनस्थलमा पुगेका छन् । उनीहरुले ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्ड बोकेका छन् ।

आन्दोलनस्थल माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्र सहित निर्वाचन आयोगमा जाने नेकपाको प्रचण्ड–नेपाल समुहको तयारी रहेको छ । निर्वाचन आयोगमा गएर फर्किए पश्चात समुहले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

आन्दोलनमा नेताहरुले प्रर्दशन सहित नाराबाजी समेत गरिरहेका छन् । नेकपाको प्रचण्ड–नेपाल समुहको आन्दोलनलाई मध्यनजर गर्दै यतिबेला बानेश्वर, माइतीघर मण्डला सडकखण्ड पूर्ण रुपमा बन्द गराइएको छ ।

कमेन्टहरु
Loading...