ओली समुहले तोक्यो प्रदेश संयोजक, प्रचण्डको जिम्मेवारी बदर

प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकले पार्टी प्रदेश संयोजकहरु तोकेको छ ।

बालुवाटारमा बसेको बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई संयोजक तोकेको छ ।

बैठकले पार्टी विधान संशोधन गर्दै ‘प्रचण्ड’लाई दिइएको कार्यकारी अध्यक्षको जिम्मेवारी समेत बदर गरेको छ।

कमेन्टहरु
Loading...