पोखरामा १ कोरोना संक्रमितको निधन, थप १६ जनामा संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार प्रदेशमा थप १६ जना संक्रमित थपिएका छन् भने १ जनाको कोरोनाका कारण ज्यान गएको छ । थपिएका संक्रमितमध्ये ८ जना पोखरा महानगरपालिकाका रहेका छन् । त्यस्तै तनहुँमा थप २ जनामा संक्रमण पुष्टि भएको छ ।

यता लमजुङ र स्याङ्जाका १ १ जनामा संक्रमण देखिएको छ । त्यस्तै नवलपरासीपूर्वमा थप ४ जनामा संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार २ सय ४२ पुगेको छ ।

यता कोरोना संक्रमणका कारण पोखरा थप १ जनाको ज्यान गएको छ । निर्देशनालयका अनुसार तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका ५ का ७१ वर्षिय पुरुषको उपचारको क्रममा दिउँसो १ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । उनलाई पुष ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ९१ पुगेको छ ।

 

कमेन्टहरु
Loading...