पोखरा । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार प्रदेशका ४ जिल्लागरि थप १८ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये ११ जना पोखरा महानगरपालिकाका रहेका छन् । यस्तै तनुहँमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यता स्याङ्जा र लमजुङ १( १ जना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १४ हजार २ सय २६ पुगेको छ ।
