गृहमन्त्रीले ओली पक्ष रोजेपछि उनी निकट दुई सांसदले छोडे बादलको साथ

काठमाडौँ । कर्णाली प्रदेशका दुई जना सदस्यहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को छोड्ने निर्णय गरेका छन् । नेकपा विभाजनमा गृहमन्त्री बादलले ओलीलाई रोज्दा उनीनिकट दुई जना सांसदले उनको साथ छाड्ने निर्णय गरेका हुन् । प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका नरेश भण्डारी र सांसद कृष्णा शाहले बादलको साथ छाडेका हुन् ।

भण्डारी जुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद हुन् भने शाह जाजरकोट निर्वाचन क्षेत्र १ बाट प्रतिनिधित्व गर्ने समानुपाति सांसद हुन्। पूर्वमाओवादीको तर्फबाट सांसद बनेका दुवै जना प्रचण्ड–नेपाल समूहतिर लागेका छन् ।

कर्णाली प्रदेशमा नेकपाका ३३ जना सांसद छन्। अहिलेसम्म कर्णाली प्रदेशमा बहुमत भने प्रचण्ड–नेपाल पक्षको छ। बादलको साथ छाडेका दुई जना सांसदसहित कर्णालीमा प्रचण्ड–नेपाल पक्षका २० जना सांसद छन्।

ओली पक्षका भने १३ जना छन्। मंगलबारको ओली समूहको बैठकबाट कर्णालीमा प्रतिनिधित्व गर्ने पूर्वमाओवादीका दुई सांसद केन्द्रीय महाधिवेशन आयोजक कमिटीमा मनोनित भएका थिए।

कमेन्टहरु
Loading...