स्याङ्जा र तनहुँका दुई कोरोना संक्रमितको पोखरामा निधन

पोखरा । पोखरामा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट थप २ जनाको निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरामा स्याङ्जा र तनहुँका गरि थप २ जनाको कोरोना संक्रमणबाट निधन भएको हो ।

पछिल्लो पटक कोरोनाबाट पोखरामा ज्यान गुमाउनेमा तनहुँ, म्याग्दे गाँउपालिका ५ का ७३ वर्षिय पुरुष रहेका छन् । उनको उपचारका क्रममा पुष ८ गते बुधबार साँझ ५ बजेर २० मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । उनलाई पुष ८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यस्तै स्याङ्जा जिल्ला फेदीखोला गाँउपालिका वडा नम्बर १ का ७४ वर्षीय पुरुषको समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनको बुधबार राति ८ बजेर २० मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । उनलाई पुष ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा ज्यान गुमाउनेको कुल संख्या १ सय ९० पुगेको छ ।

कमेन्टहरु
Loading...