काठमाडौँ । चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकिछिन् । हिजोमात्र राष्ट्रपतिलाइ भेटेकि यान्छी प्रचण्डलाई भेट्न बिहिबार बिहान उनको निवास खुमलटार पुगेकी हुन् ।
स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा कुराकानी भएको थियो। उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ। यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो।