पोखरा । पिएन क्याम्पस पोखरामा ओली सरकारले गरेको संसद विघटनको विरुद्ध संयुक्त विद्यार्थीको विरोध कार्यक्रमका विद्यार्थिहरु उत्तेजित रुपमा प्रस्तुत भएका थिए ।
प्रहरीले संयमता अपनाउँदा विद्यार्थीले भने क्याम्पस गेटभित्रबाट प्रहरीमाथि ढुंगा प्रहार भएको थियो । संसद विघटन विरुद्ध विद्यार्थीहरुले आयोजना गरेको विरोध प्रर्दशनको क्रममा एकजना प्रहरी अधिकृतलाई सामान्य चोट समेत लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने क्रममा प्रहरी तथा आन्दोलनकारीबीच सामान्य झडपको स्थिति सिर्जना हुन लागेको हो । ओलीको कदमका विरुद्ध युवाहरु चुप लागेर नबस्ने प्रर्दशनकारीको भनाइ छ ।
विरोध प्रर्दशन पश्चात् कोणसभामा परिणत भएको सभालाई सम्बोधन गर्दै अनेरास्वियुको छैठौँ नेता गणेश अधिकारीले यो लडाँई विद्यार्थीको मात्र नभई आम नेपालीको पनि रहेको बताए । उनले भने,‘अहिले हाम्रो अगाडि जनताले पाएको थोरै अधिकार जोगाउने जिम्मा हाम्रो काँधमा आएको छ पार्टीभित्रको कलहले देशलाई बन्दक बनाउन पाइने छैन ।’
सभामा सम्बोधन गर्दै अनेरास्वियुका केन्द्रीय सदस्य राजनशर्मा पराजुलीले विधि र विधानको पक्षमा ओली सरकार नरहेको बताएका छन् । त्यसैगरी अनेरास्वियु कास्कीका सहसंयोजक बसन्त भट्टचनले ओलीको कदम असंवैधानिक रहेको बताएका छन् ।
त्यसैगरी सभालाई सम्बोधन गर्दै समाजवादी युनियनका नेता नेत्र चापागाईँले ओली सरकारलाई भष्मासुर सरकार रहेको बताएका छन् । उनले केपी ओलीको सर्मथन गर्नु लोकतन्त्रको मलामी जानु रहेको बताए । ‘विद्यार्थी आन्दोलन सडकको बाघ हो यसले राजाले घोडा टेकाएको हो,’ उनले भने ।
विद्यार्थीले,‘जननिवार्चित प्रतिनिधिसभा सुचारु गर, ओली विद्या चमत्कार संविधान माथि बलात्कार, अलोकतान्त्रिक हर्कत बन्द गर’ नारा लगाएका थिए ।