कांग्रेसले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

नेपाली कांग्रेसले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठकले सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

तर कहिले प्रदर्शन गर्ने भन्ने निर्णय भने भोलि बस्ने निर्णय हुनेछ ।

केन्द्रीय समितिको बैठकमा पुस १६ गते नै सरकारविरुद्ध प्रदर्शन गर्ने प्रस्ताव सभापति शेरबहादुर देउवाले गरेका थिए । तर मेलमिलाप दिवसका दिनमा प्रदर्शन गर्न अनुपयुक्त हुने भन्दै मितिका बारेमा भोलिको बैठकमा छलफल गर्ने निर्णय भएको उनले बताए ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले समेत सरकारविरुद्ध प्रदर्शन गर्ने विषयमा छलफल भएको बताए ।

कांग्रेस केन्द्रीय समिति बैठकअघि कांग्रेसका युवा नेताहरु गगन थापा, बद्री पाण्डे लगयतका नेताहरुको काठमाडौंको बत्तिसपुतलिमा बसेको अनौपचारिक बैठकले सरकारविरुद्ध प्रदर्शन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

कमेन्टहरु
Loading...