कोरोना भाइरसको नयाँ प्रजाती देखिएपछि नेपालमा सावधानी अपनाउन थालियो

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ प्रजाती देखापरेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

साथै हाल कोरोनाको नयाँ प्रजाती देखिएका मुलुकबाट नेपाल प्रवेश गर्ने तथा सो मुलुक हुँदै नेपाल आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार नेपाल प्रवेश गरेको ७ देखि १० दिनभित्र पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने छ ।

यही पुष १ गतेबाट ७ गतेभित्र कोरोनाको नयाँ प्रजाती देखिएका स्थान हुँदै र उक्त मुलुकबाट आएकाहरुले होटल क्वारेन्टिन तथा पिसिआर परीक्षण गर्नुपर्ने भएको हो । सो समयभित्र नेपाल आएकाहरुको पिसिआर परीक्षण निशुल्क रुपमा गर्ने व्यवस्था मिलाउन समेत स्वास्थ्य मन्त्रालयले प्रयोगशालाहरुलाई आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...