काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभालाई पुनःस्थापित गरेर नयाँ सरकार बनाउने घोषणा गरेका छन् ।
संसदीय दलको नेताका रुपमा चयन भएपछि प्रचण्डले आज प्रचण्ड–नेपाल समुहको नेकपा बैठकलाई सम्बोधन गर्दै विघटित प्रतिनिधिसभालाई पुनःस्थापित गर्दै नयाँ सरकार बनाउने बताएका हुन् ।
बैठकले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई चयन गरेको थियो । प्रचण्डले आफूहरु नै वैधानिक तथा ठूलो दल भएको दावी गरे ।
नयाँ सरकार गठन गरेर जनताको अपेक्षा अनुसार काम गर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आई एम द स्टेट’ भन्ने सोच राखेर एकलौटी गरेकाले दुइतिहाई बहुमत जोगाउन नसकेको प्रचण्डले आरोप लगाएका छन् ।