आन्दोलनकारी तथा प्रहरीबीच झडप हुँदा तनावग्रस्त बन्यो महेन्द्रपुल

पोखरा । पोखराको मुख्य बजार महेन्द्रपुलमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शनका क्रममा प्रहरी तथा आन्दोलनकारीबीच झडप भएको छ । संसद विघटनको विरुद्ध प्रचण्ड–नेपाल समुहले गरेको विरोध प्रर्दशनका क्रममा पोखराको महेन्द्रपुल तनावग्रस्त बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाउने क्रममा प्रहरी तथा आन्दोलनकारीबीच झडप भएको हो ।

आन्दोलनकारीले प्रधानमन्त्री ओली तथा राष्ट्रपति भण्डारीको पुत्लालाई बयलगाडामा सडकमा गुडाएका थिए । सो क्रममा प्रहरी तथा आन्दोलनकारीबीच पुत्ला खोसाखोस भएको थियो ।

सोही क्रममा प्रहरी तथा आन्दोलनकारी बीच हात हालाहाल भएको हो । आन्दोलनकारीेले प्रहरीलाई छक्याउँदै प्रधानमन्त्री तथा राष्ट्रपतिको पुत्ला जलाएका छन् । महेन्द्रपुलमा सुरक्षा व्यवस्था समेत कडा पारिएको थियो ।

कमेन्टहरु
Loading...