पोखरा । पोखरामा थप ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरा तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ६४ वर्षीय १ जना महिला तथा ३४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
२ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३२ र ४९ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ४ मा ४७ वर्षीय १ जना महिला तथा ५ मा २४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर ६ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३६ वर्षीय १ जना महिला तथा ४० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ८ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३१ तथा ७१ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
९ नम्बर वडामा ३६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा १० मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३३ वर्षीय १ जना महिला तथा १८ वर्षीय १ जना किशोरलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ११ मा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २६, २९ र ४५ वर्षीय ३ जना महिला तथा ५५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १२ मा ७४ वर्षीय १ जना पुरुष, १३ मा ६ वर्षीय १ जना बालिका, १४ मा २७ वर्षीय १ जना पुरुष तथा १६ मा ४५ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
१७ नम्बर वडामा ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३४, ५४ र ७२ वर्षीय ३ जना महिला सहित २५, ४२, ५८ र ६० वर्षीय ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा २५ मा ६० वर्षीय १ जना पुरुष, २६ मा २२ वर्षीय १ जना महिला, २७ मा ३१ वर्षीय १ जना महिला, ३० मा ३१ वर्षीय १ जना पुरुष तथा ३२ मा ३९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस अगाडिको तथ्यांक अनुसार पोखरामा ३७ तथा माछापुच्छ«े गाउँपालिकामा १ जना सहित कास्कीमा ३८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा ७१ तथा माछापुच्छ«े गाउँपालिकामा १ सहित कास्कीमा ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गण्डकी प्रदेशका अन्य जिल्लाहरु लमजुङमा ५ जना, मनाङमा ५ जना, तनहुँमा ८ जना तथा म्याग्दीमा ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार १ सय ८५ पुगेको छ ।