नेकपाको प्रचण्ड–नेपाल समुहले प्रचण्डलाई संसदीय दलको नेता चयन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले आज संसदीय दलको नेता चयन गर्दै छ ।

उक्त समुहले विघटित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रियसभा सदस्यहरुको बैठक आज दिउँसो १ बजेका लागि बोलाएको छ । सोही बैठकमा प्रचण्ड–नेपाल समुहले आज संसदीय दलको नेता चयन गर्ने भएको हो ।

संघीय संसदको भवनमा बस्ने बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गर्ने मुख्य एजेन्डा रहेको स्रोतले जानकारी दिएको छ । उक्त समुहले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध पुस ५ गते अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

प्रधानमन्त्री ओली संसदीय दलका नेता रहेका रहेका थिए ।

कमेन्टहरु
Loading...