मंगलवार साँझ राष्ट्रपति र चिनियाँ राजदूतबीच भेट

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत होउ यान्छीबीच आज भेटवार्ता भएको छ ।

राजदूत यान्छी साँझ ६ बजेतिर शीतल निवास पुगेकी थिइन।

नेकपा भित्रको आन्तरिक विवाद बढिरहेका बेला राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपी भेटका क्रममा के छलफल भयो भन्नेबारे बाहिर आइसकेको छैन ।

नेकपाभित्रको विवाद उग्र बन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज नै प्रचण्ड माधव समूहले पार्टीबाट हटाउने निर्णय गरेको थियो ।

नेकपाभित्रको विवादमा यान्छीले चासो देखाउने गरेको टिप्पणी हुँदै आएको छ ।

कमेन्टहरु
Loading...