ईश्वर पोखरेलले लेखे , ‘चुनौतीहरूको टाउकोमा टेकेर ऐतिहासिक यात्रा प्रारम्भ गर्यौ’

पोखरा । नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले आजबाट ऐतिहासिक यात्रा प्रारम्भ गरेको बताएका छन् ।

ओली निकट नेता पोखरेलले निरन्तर ‘पव्लिक अडिट’ रहेर अगाडी बढ्ने बताउँदै चुनौतीसहित उज्जवल सम्भावनाको सुरुवात भएको जनाएका छन् ।

‘चुनौतीहरूको टाउकोमा टेकेर उज्जवल संभावनाका लागि हामीले नयाँ ऐतिहासिक यात्रा प्रारम्भ गरेकाछौं ! निरन्तर ‘पव्लिक अडिट’ मा रहँदै हामी अघि बढिरहनेछौ !’,सामाजिक सञ्जाल टुइटरमा पोखरलेले लेखेका छन् ।

कमेन्टहरु
Loading...