प्रधानमन्त्री ओलीलाई ५ युवा नेताको साथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि देशभरी उनी विरुद्ध विरोध प्रर्दशन तथा उनको पुत्ला जलाउने कार्य भइरहेको छ । आफ्नै दलका नेताकार्यकर्ताले समेत उनको विरोध गरिरहेका छन् ।

यसैबीच विद्यार्थी राजनीतिबाट नै उदाएका ५ जना नेकपाका नेताहरुले ओलीलाई साथ दिइरहेका छन् । जसमा अखिलका संयोजक ऐन महर, अनेरास्ववियुका पूर्व उपाध्यक्ष रश्मि आचार्य, विद्यार्थी नेतृ सुनिता बराल, महेश बर्तौला तथा शैलेश लामा ओलीको कित्तामा उभिएका हुन् । यी ५ जना विद्यार्थी नेताहरुलाई नै प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्यमा आज मनोनित गरेका छन् ।

देश तथा आम नेपालीका लागि संसद विघटनको कदम चालिएकाले अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीको साथ छोड्न नसक्ने र आफूहरु संधै ओलीकै पक्षमा रहने उनीहरुले बताएका छन् ।

कमेन्टहरु
Loading...