काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पटक–पटक अपमानित गरेको आरोप लगाएका छन् ।
आज बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले ओलीले प्रचण्डलाई हरेक पटक अपमान गरेको आरोप लगाएका हुन् । ओलीको अपमानलाई सहेकोमा नेपालले प्रचण्डलाई धन्यवाद समेत व्यक्त गरेका थिए । प्रचण्डको कुर्सी साटिएर अपमान समेत सहन सक्ने भन्दै नेपालले प्रचण्डको तारिफ गरेका थिए ।