पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समुहबाट कास्कीका थप ३ जना मनोनित भएका छन् । यस अगाडि नै ६ जना मनोनित भएका थिए । थप मनोनित हुनेहरुमा कास्की २ बाट निर्वतमान प्रतिनिधिसभा सदस्य विद्या भट्टराई, अनेरास्ववियुका पूर्व उपाध्यक्ष रश्मी आचार्य, पूर्व एमालेका कास्की नेता युवराज पौडेल रहेका छन् । त्यस्तै लमजुङबाट गण्डकी प्रदेशका प्रदेशसभा सदस्य धनञ्जय दवाडी, गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल, निर्वतमान प्रतिनिधिसभा सदस्य पदम गिरी, तनहुँबाट निर्वतमान प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ तथा राष्ट्रिसभा सदस्य भगवती न्यौपाने समेत मनोनित भएका छन् ।
