काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समुहले प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ताका रुपमा प्रदीप ज्ञवालीलाई चयन गरेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको केन्द्रीय कमिटीको बैठकले पूर्व माओवादीकातर्फबाट पार्टी प्रवक्ता बनेका नेता नारायणकाजी श्रेष्ठ प्रकाशलाई कारवाही स्वरुप हटाउँदै ज्ञवालीलाई पार्टी प्रवक्ताका रुपमा चयन गरेको हो ।
