काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले सोमबार नै आफू कुनै पनि गुटको भेलामा सहभागी नहुने बताएका थिए । सबै गुटको बैठक तथा भेला पार्टी विभाजितका लागि भएको भन्दै कुनै पनि गुटको भेलामा आफू नजाने उनले स्पष्ट पारिसकेका थिए ।
गौतमलाई आफ्नो पक्षमा ल्याउनका लागि यतिबेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जोडतोडले लागिपरेका छन् । केही समय अगाडिसम्म भने पार्टी उपाध्यक्ष गौतमा प्रचण्ड समुहमा रहेका थिए ।
यसैबीच गौतमलाई भेट्न पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल भैसेपाटी पुगेका छन् । उनीहरुबीच अहिले छलफल जारी रहेको बताइएको छ ।