ब्रेकिङः ओलीले डाकेको केन्द्रीय कमिटीको बैठकमा खचाखच सहभागी (ताजा तस्बिर र भिडियो हेर्नुहोस्)

गन्थन डेस्क

प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा डाकेको केन्द्रीय समितिको बैठक केही ढिलो गरेर सुरु भएको छ ।

बैठकस्थलमा केन्द्रीय सदस्यबाहेक अरुलाई प्रवेश निषेध गरिएको छ । यसैबीच, हामीलाई बैठकस्थलबाट स्रोतले तस्बिर र भिडियो क्लिप्स पठाएका छन् ।

स्रोतका अनुसार अहिले भर्खरै प्रम ओलीले सम्बोधन सुरु गरेका छन् ।

सहभागीको ठ्याक्कै संख्या यकिन नभएपनि बैठकस्थल भरिभराउ रहेको देखिन्छ ।

 

 

ओलीद्वारा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरिएकाे छ । ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गरेका छन् । जसमा १९७ जना पछि थप गर्ने बताइएकाे छ ।
कमेन्टहरु
Loading...