प्रचण्डलाई साथ दिए नेता गजुरेलले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता हरिबोल गजुरेलले पार्टीका अध्यक्षमध्येका १ पुष्पकमल दाहाल प्रचण्डलाई नै साथ दिने भएका छन् । केही समय यता प्रचण्डसंग टाढिएको भन्ने विश्लेषण हुँदै आएको भए पनि उनी अहिले प्रचण्डसंगै हुने भएका छन् ।

हिजो सोमबार प्रधानमन्त्री ओली तथा अध्यक्ष प्रचण्ड दुवैले बोलाएको आफू निकटहरुको भेलामा उनी सहभागी भएका थिएनन् । पार्टी एकताको अवस्था गम्भीर मोडमा पुगेको भन्दै उनी प्रचण्डतर्फ नै लागेको बताइएको छ ।

उनले प्रधानमन्त्री ओलीको संसद विघटनको निर्णय कुनै पनि हालतमा समस्या समाधानको उपाए नभएको बताएका छन् । ओलीको कदमले पार्टी फुटतर्फ अगाडि बढेको उनको भनाई छ ।

कमेन्टहरु
Loading...