पोखरा महानगरपालिका भित्र पार्किङ्ग शुल्क नउठाउन उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको छ।
जागौं नेपालका तर्फबाट कास्की संयोजक नारायण हरि तिवारी र अधिवक्ता राजेन्द्रमान श्रेष्ठले पोखरामा ब्यबस्थित पार्किङ्गको माग सहित आइतबार दायर रिट उपर यस्तो आदेश जारी भएको हो ।
अदालतका न्यायधीश नारायण श्रेष्ठको एकल इजलासले अर्को आदेश नभएसम्म शुल्क नउठाउन पोखरा महानगरपालिका कार्यालय, पोखरा महानगरका प्रमुख, प्रमुख कार्यकारी अधिकृत तथा राजस्व शाखा प्रमुख र फेवासिटी जेभी प्रालिका नाममा आदेश जारी गरेको हो ।
‘सडक किनारामा सवारी साधन पार्किङ गर्ने व्यावस्थापन गर्दा, गराउँदा एवमं गर्नुपर्दा सडकमा गुड्ने सवारी साधनको आवागमनलाइ र मानिस आवातजावत गर्नलाइ उल्लेखनिय असर पुग्ने गरि नगर्नु नगराउनु भनि अन्तरिम आदेश रद्ध गरीपाउँ भनी सम्बन्धित पक्षको निवेदन परेका वखत पुनर्विचार हुनेगरि प्रस्तुत निवेदनको टुँगो नलागे सम्मको लागि उच्च अदालतको निमावली,२०७३को नियम ४२ बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरिएको छ ।’,आदेशमा भनिएको छ ।