जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिक बदली हुने जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण मौसम प्रभावित भएको हो। अहिले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा छ ।
देशभर तापक्रममा गिरावट आई चिसो बढ्न सक्ने हुनाले बच्ने उपाय अपनाउन मौसमविदले अपिल गरेका छन् ।
तराईका अधिकांश भू–भाग तथा पहाडका केही भू–भागमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले छ ।