नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड माधव पक्षका सांसदहरुले संसदको अधिवेशन तत्काल बोलाउन माग गरेका छन्।
संसद भवन बानेश्वरमा बसेको भेलाले संसद विघटन गर्ने निर्णय फिर्ता लिन प्रधानमन्त्री र राष्ट्रपतिसँग आग्रह पनि गरेका छन्।
भेलाले संसद विघटनको कदमबिरुद्ध एक भएर जाने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
दाहाल-नेपाल पक्षको भेलाले ‘यो अधिकार प्रधानमन्त्री र राष्ट्रपतिसँग छैन,’ बैठकमा गरिएको प्रस्तावमा उल्लेख छ।
भेलाले नेकपाको एकता कमजोर हुन नसक्ने उल्लेख गर्दै पार्टी एकताबद्ध भएर बढ्नसमेत निर्णय गरेको छ ।