पोखरा । पूर्व सभामुख तथा कांग्रेस नेता तारानाथ रानाभाटले विघटनको विरोध गर्दै ओलीको कदम असंवैधानिक भएको बताएका छन् । उनले सोमबार पोखरामा प्रतिनिधिसभा विघटनको विरोध प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीको निर्णय जनताको मर्म नबुझ्ने र असंवैधानिक रहेको बताएका हुन् ।
संविधानमा लेखिएका अक्षरलाई पढ्दा ओलीको कदम अक्षरका खिलाफ छन् भनेर सहजै बुझ्न सकिने बताउँदै उनले भने, ‘अक्षरको विरुद्ध छ भावनाको विरुद्ध छ, अराजनीतिक, अनैतिक, अप्रजातान्त्रिक, जनविरोधी कदमलाई सच्याउन छ ।’ उक्त कदमलाई साधारण व्यक्तिले पनि संविधान होइन भनेर बुझ्न सक्ने रानाभाटको भनाई छ । त्यस्तै उनले अहिलेको परिस्थितिमा सर्वोच्च अदालतबाट आशा अझै नमरेको उनी बताउँछन् ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वसभापति विकास थापाले कांग्रेसले देश हारेको देख्न नसहेको बताउँदै प्रधानमन्त्रीको कदमलाई व्रिोध गरिएको बताएका छन् । निर्वाचन भए स्वतः आफ्ना पार्टीले जित्ने विश्वासका साथ उनले भने, ‘निर्वाचान भए हाम्रो पार्टीले जित्छ, तर हामीलाई मौका भन्दा देशको चिन्ता छ ।’
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीले अहिलेको स्थितिमा सबै मिलेर एकजुट भई काम गर्नुपर्ने बताए । उनले जनता र आफनै पदलाई दाउमा राखेर उठाएको कदमको आफूहरु सर्मथन नगर्ने उनको भनाई थियो ।
आइतबार असंवैधानिक रूपमा संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकिएपछि यसविरुद्ध देशका विभिन्न ठाउँमा प्रदर्शन चलिरहेको छ । कांग्रेसले पनि सोमबार दिउँसो चिप्लेढुगां चोकबाट ¥याली निकालेर महेन्द्रपुलमा गई कोणसभामा परिणत भएको थियो ।