पोखरामा ओलीको समर्थन गर्दै घन्कियो ‘सही पनि एमाले, मै पनि एमाले’

गन्थन डेस्क

प्रधानमन्त्री केपी ओलीले आइतबार प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी विरोध भइरहँदा पोखरामा युवा संघले समर्थननसहित सभा गरेको छ ।

चुनावताकाको चर्चित गीत सही पनि एमाले, मै पनि एमाले घन्काउँदै सुरु मानवअधिकारचोकमा सुरु भएको सभामा युवासंघका केन्द्रीय उपाध्यक्ष माधव बाँस्तोलाले पार्टीकै प्रधानमन्त्रीविरुद्ध गुटबन्दी गर्नेहरु पाखा लागेको बताए ।

उनले भने, ‘गलत मान्छेको हातमा सत्ता सुम्पेर मुलुकलाई बर्बाद गर्नुभन्दा प्रधानमन्त्रीले जनतालाई देश र अधिकार सुम्पेका हुन् ।’ अब जनमत लिएर प्रचण्ड एण्ड टिमलाई सत्तामा पुग्न बाँस्तोलाले चुनौति दिए ।

त्यस्तै, अनेरास्ववियुका कास्की अध्यक्ष विवेक देवकोटाले पार्टीका षडयन्त्रकाकारीहरु पाखा लागेको जनाए । अब क्यान्टोनमेन्टको भ्रष्टाचार, ललिता निवासको भ्रष्टाचार छानबीन गरेर अपराधीलाई कठघरामा उभ्याउन पार्टी लाग्ने भन्दै उनले ओलीको समर्थनमा युवासंघ सदैव रहने बताए ।

‘बिना सूर्य निर्वाचन जितेर सत्तामा पुग्न प्रचण्ड र माधव नेपाललाई ओलीले चुनौति दिएका छन्’ देवकोटाले भने ‘कोठे भेलाबाट सत्तामा पुग्ने दिवास्वप्न देख्नेहरु मैदानमा आए हुन्छ ।’

युवासंघले यही १० गते प्रदेश सांसद राजीव पहारीको नेतृत्वमा सभागृहमा प्रदेशस्तरीय भेलाको समेत आयोजना गरेको छ ।

कमेन्टहरु
Loading...