प्रधानमन्त्री निकट सांसदको बैठकमा गृहमन्त्री बादल सहभागी भएनन्

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली निटक नेकपाका सांसदहरुको बैठक अहिले चलिरहेको छ । बैठकमा पूर्व माओवादीका तर्फबाट मन्त्री बनेका केही मन्त्री पनि सहभागी भएको बताइएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन पश्चात वैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेका थिए । सो विषयमा बैठकमा प्रधानमन्त्री ओलीमार्फत् ब्रिफिङ हुने बताइएको छ ।

हिजो राजीनामा नदिएपछि गृहमन्त्री रामबहादुर थापा बादल समेत बैठकमा सहभागी हुने आँकलन रहेको थियो । तर उनी ओली निटक सांसदको बैठकमा सहभागी भएका छैनन् । राजीनामा नदिएका अर्का मन्त्री लेखराज भट्ट भने बालुवाटारमा जारी बैठकमा सहभागी भएका छन् । बालुवाटार बैठकमा अनुपस्थित भएका गृहमन्त्री बादलले पुल्चोकमा आफ्नै पूर्व समूहको भेला गरेका छन् ।

स्रोतका अनुसार गृहमन्त्री बादललाई ओलीसंग नमिल्न केही नेताहरुले दवाव दिइरहेका छन् । बादललाई भेट्न उपत्यकामा रहेका १६ जना स्थायी कमिटी तथा केन्द्रीय सदस्य उनकै निवास पुगेका छन् । बादललाई भेट्न हितमान शाक्य, यशोधा सुवेदी, सावित्रीकुमार काफ्ले, देव गुरुङ, पम्फा भुसाल, अमृता थापा, लेखनाथ न्यौपाने, महेश्वर दाहाल लगायतका सांसद उनको निवास पुगेका हुन् ।

कमेन्टहरु
Loading...