जनार्दन शर्मा अविश्वास प्रस्ताव बोकेर शितल निवास पुगेपछि संसद विघटन सिफारिस

पोखरा ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफु विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने प्रचण्ड माघव नेपाल समुहको प्रस्ताव शितल निवास पुगेपछि आकस्मिक मन्त्रीपरिषद् वैठकबाट संसद विघटन प्रस्ताव सिफारिस गरेका छन् ।

स्थायी कमिटीको वैठक बस्नु अगाडी प्रचण्ड नेपाल समुहबाट अविश्वास प्रस्ताव लिएर प्रचण्ड निकट जनार्दन शर्मा शितल निवास पुगेको खबर पछि प्रधानमन्त्रीले  मन्त्रीपरिषद् आकस्मीक बैठक बोलाएको उच्च स्रोतले बतायो ।

उनले ९ बजे नै सूचना पाएपछि तत्काल ९ ः ४५ का लागि मन्त्रीपरिषद् बैठक बेलाएका थिए ।

बैठकले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

कमेन्टहरु
Loading...