संसद विघटनको सिफारिसबाट नेपाली राजनीतिलाई पछाडि धकेल्न खोजियोः नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सुनाएको संसद विघटनको सिफारिसको चर्को आलोचना गरेका छन् ।

केही समय अगाडिमा ओलीले आकस्मिक रुपमा बसेको मन्त्रीपरिषद्को बैठकमा संसद विघटनको सिफारिस गरेका थिए ।

प्रवक्ता श्रेष्ठले भने यो विषयमा प्रतिक्रिया दिंदै संसद विघटन गर्नु असंवैधानिक भएका बताएका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको यो सिफारिस अलोकतान्त्रिक तथा नेपालको राजनीतिलाई पछाडि लैजान खोज्नु भएको उनको भनाई रहेको छ । उनले यो निर्णय लागु हुन नसक्ने समेत बताएका छन् ।

कमेन्टहरु
Loading...