प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकमा संसद विघटन गर्न सिफारिस गरेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संसद विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको हो ।

गत मंगलबार प्रधानमन्त्री ओलीले अन्य राजनीतिक दल तथा नेताहरुलाई जानकारी नदिइकन संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए । यद्यपी बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओली उक्त अध्यादेश फिर्ता लिन सहमत भएका थिए ।

कमेन्टहरु
Loading...