नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बस्दै छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटीको बैठकमा सहभागी हुन्छन् या हुन्नन् भन्ने विषयमा यकिन भएको छैन ।

ओली बैठकमा सहभागी नभएको अवस्थामा बैठक अगाडि बढाउने वा नबढाउने भन्ने विषयमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालले निर्णय नलिएको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली हिजो प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए । ओलीले शीर्ष तहमा भएका समस्याको समाधान गरेर मात्र बैठक बस्नुपर्ने अडान लिएका छन् ।

प्रचण्डले भने स्थायी कमिटीको बैठकले मात्र विवादका विषयमा निर्णण्य लिन सक्ने हिजोको भेटमा ओलीलाई बताएका थिए ।

कमेन्टहरु
Loading...