पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । अहिले तराईमा बाक्लो हुस्सु लागेको छ ।
उत्तर-पश्चिमी वायुको प्रभावले पूर्वी, मध्य र पश्चिम तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान काठमाडौँ उपत्यकाका तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ ।
शुक्रबार काठमाडौँ उपत्यकामा यो वर्षकै सबैभन्दा कम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।
४८ घण्टासम्म घाम नदेखिने गरी बाक्लो हुस्सु र कुहिरो लागेमा शीतलहर भएको ठानिनेछ ।
आज दिउँसो प्रदेश- १ र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रहे पनि अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।