नेपालमा पिसिआर परीक्षण गर्ने क्रम घटेर ४ हजारमा पुग्यो

पोखरा । नेपालमा थप ७ सय १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप ७ सय १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा भएको पिसिआर परीक्षणका क्रममा कोरोना रिर्पोट पोजेटिभ आएकामध्ये ३ सय ६ जना महिला तथा ४ सय ४ जना पुरुष रहेका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ । हाल नेपालमा ८ हजार ८ सय ४० जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ७ सय ८० जनाको पिसिआर परीक्षण गरिएको थियो । यस्तै यो अवधिमा नेपालमा थप १ हजार १ सय ७५ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको छ ।

यस्तै यो अवधिमा नेपालमा थप १२ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ७ सय ७७ पुगेको छ ।

हाल नेपालमा ५ हजार ३ सय ६४ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । त्यस्तै २ सय ७९ जना संक्रमितको आइसियु तथा ५१ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै पछिल्लो तथ्यांक अनुसार नेपालमा कास्की सहित काठमाडौं तथा ललितपुरमा ५ सयभन्दा बढी उपचारार्थ संक्रमितहरु भएका जिल्ला हुन् । त्यस्तै मनाङ मात्र सक्रिय संक्रमितको सुन्य संख्या भएको जिल्ला हो ।

कमेन्टहरु
Loading...